काठमाडौ। नेपालका चर्चित न्यूरो सर्जन तथा काठमाडौको बाँसबारी स्थित न्यूरो अस्पतालका संचालक डाक्टर उपेन्द्र देवकोटाको बेलायतमा गंभीर अवस्थामा उपचार भैरहेको छ।

बेलायतको लण्डनस्थित किङ्स कलेज हस्पिटलमा वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको उपचार भइरहेको अवस्थामा डाक्टर देवकोटाको शिघ्र स्वास्थ्यलाभको कामनासहित काठमाडौमा डाक्टर देवकोटाका सहधर्मी डाक्टरहरु भगवान पशुपतिनाथमा प्रार्थना गर्नमा व्यस्त बनेको पाइयो।

Dr.Upendra Devkota-Senior Surzon of Nepal

नेपालका बरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा ओम अस्पतालका प्रमुख डाक्टर भोला रिजालको नेतृत्वमा एक झुण्ड डाक्टरहरुको टोलीले पशुपतिनाथको परिसरमा बत्ती बालेर डाक्टर देवकोटाको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। डाक्टर भोला रिजालकी पत्नी सरला रिजालको सोच मुताविक औषधि उपचारमा विश्वास गर्ने डाक्टरहरु समेत अध्यात्ममा विश्वास गरिरहेको पाइयो।

काठमाडौमा रहेका एक से एक डाक्टरहरु पशुपतिनाथको परिसरमा दिउंसै दीप प्रज्ज्वलन गरेर प्रार्थना गर्दैगरेको देख्दा सर्वसाधारण समेत तीन छक्क भएका थिए। उनीहरुले डाक्टरहरुको पनि अध्यात्ममा बल्ल विश्वास हुन थालेछन् भन्न चुकेनन्।

बेलायतमा ६३ बर्षिय डाक्टर उपेन्द्र देवकोटाको अवस्था बारेमा खुलाइएको छैन्। समाचार अनुसार डाक्टर देवकोटा अवस्था गंभीर रहेको भनिएको छ। तरपनि, डाक्टर देवकोटाको अवस्था सार्वजनिक भने गरिएको छैन्। डाक्टर देवकोटाकी पत्नी डाक्टर मधु देवकोटा बेलायतमा साथमै रहेकी छन्। डाक्टर देवकोटाकी छोरी पनि बेलायतमा नै अध्ययनरत रहेकी छन्।

हजारौ हजार विरामीको उपचार गरेर जीवन दान दिएका डाक्टर देवकोटा आफै गंभीर विरामी बनेर बेलायतको अस्पतालमा रहेकोले उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्न नेपालका रहेका डाक्टरहरुले यसप्रकारले पहिलो पल्ट पशुपतिमा दीप प्रज्ज्वलन गरेका हुन्।


प्रकाशन मिति–२०७४ साल पुष ९ गते आइतवार ।