Karishma Manandhar in UK 2काठमाडौ। बेलायतमा पहिलो पल्ट आयोजित दशौं बक्स अफिस फिल्म फेयर अवार्डमा प्रतिस्पर्धीको रुपमा नभइकन अतिथि कलाकारका रुपमा नायिका करिश्मा मानन्धर पुगेकी हुन्। करिश्माको लागि बेलायत कुनै नौलो मुलुक अवश्य होइन। कुनैबेला बेलायत बस्ने श्रीमान विनोद मानन्धर पत्नी भएको कारण बेलायत आते–जाते गर्न खासै कुनै समस्या करिश्माको हकमा देखिदैन।

Karishma Manandhar with Binod Manandharअर्कोतर्फ करिश्मा आफैपनि सक्षम नायिका भएको कारण पति विनोद मानन्धरको नामवाट बेलायत गैरहनु पर्ने आवश्यकता देखिदैन। चाहेको खण्डमा बेलायत, अमेरिका जस्ता बैभवशाली मुलुकहरुमा अनवरत रुपमा करिश्मालाई कुनै रोकतोक हालसम्म अवश्य पनि छैन्। जहां पुगेतापनि करिश्माको सुन्दरताको बैभवपूर्ण करिश्माले उनलाई बेरोकतोक चिनाइरहेको पाइन्छ।

Karishma Manandhar 1

यिनै करिश्मा मानन्धर नेपाली राजनीतिमा डा.बाबुराम भट्टराईको नयाँशक्ति नेपाल नामक पार्टी प्रवेशयता नयाँशक्तिको राजनीतिमा चुर्लुम्म डुवेकी छन्। नयाँशक्तिलाई कसरी नयाँशक्ति बनाउने भन्ने बहसमा करिश्मा निक्कै लागिपर्दैआएकी छन्। यसपालिको बक्स अफिस फिल्म फेयर अवार्ड कार्यक्रममा सहभागिता जनाउनुको अलावा बेलायतमा रहेका नयाँशक्ति पार्टी समर्थित पार्टी कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यमा कुनै कमी गरेकी छैनन्।

Karishma Manandhar in UK 1मज्जाले भेटघाट गरेर पार्टी सुदृढता तथा विस्तारका लागि विशेष कुराकानी अनि छलफल गरेकी छन्। यति धेरै नयाँशक्ति पार्टीमा समर्पित करिश्मा निकट भविष्यमा यो पार्टी मार्फत उच्चस्थानमा पुग्ने आँकन गरिएको छ। डा.बाबुराम भट्टराईको नयाँशक्तिलाई उच्चशक्तिमा बदल्न करिश्माको हात तथा साथले पनि अत्यन्त मदत गर्ने अनुमान गरिएको छ।

Karishma Manandhar 2प्रकाशन मिति–२०७४ साल असार १९ गते सोमवार ।