Binod Chipalu 1लण्डन। बेलायतमा नेपाली कलाकारितालाई उच्च शिखरमा पुर्याउंदै आएका कलाकार विनोद चिपालुको बेग्लै पहिचान रहेको छ। यहाँ हुने विविध सांस्कृतिक कार्यक्रमहरुमा लाखे नाच नाचेर बेलायतमा नामी बनेका कलाकार चिपालु नेपालमा रहंदा पनि विभिन्न चलचित्र तथा रंगमञ्चका उम्दा कलाकार मानिएको छ। 

Binod Chipalu 5यिनै कलाकार चिपालु बेलायत आएको पनि अठार बर्ष वितिसकेको छ। यस अवधिमा बेलायत तथा नेपालमा धेरै उतार–चढाव भैसकेको छ। परिवर्तनका अनेक रुप देखिसकेका छन्। तथापि, चिपालुले बेलायतमा आफ्नै खाले बेग्लै पहिचान राखेर अगाडि बढिरहेकाछन्। कलाकारितालाई यतिखेर बेलायतमा शौखको विषय बनाउंदै आएका चिपालु आफ्नो व्यवसायमा आफै रमाइरहेका छन्।

Binod Chipalu 3कसैसंग तुलना नगरिकन अगाडि बढेका कलाकार चिपालुको लण्डनको प्लमस्ट्रीटमा मिल्सा स्टोर रहेको छ। चिपालु मिल्सा स्टोरमा अत्यन्त व्यस्त बन्ने गरेका छन्। ताजा विभिन्न मासुजन्य पद्धार्थ पाइने मिल्सा स्टोर लण्डनकै अब्बल स्टोरको रुपमा गनिन्छ। जर्मन, क्यानाडा देखि विभिन्न जनावरका मासु ताजा नै मिल्सा स्टोरमा आउने गरेको छ।

Binod Chipalu 7विशेषत लण्डनमा खसी नपाइने भएकोले खसीको मासु महंगो मानिन्छ। बेलायतीहरु खसीको मासुको अलावा मृगको मासुलाई अत्यन्त रुचाउंने गर्छन्। खसी, राँगा, मृग, कुखुरा, हाँस लगायतका पशुपन्छीका ताजा मासुको लागि मिल्सा स्टोर पुग्ने बेलायती तथा नेपालीहरुको कुनै कमी छैन्। यो एक प्रकारको कलाकार चिपालुको व्यापार–व्यवसायको बैभव हुन पुगेको छ। 

छोरीको नामवाट मिल्सा स्टोर स्थापना गरेको बताउने चिपालुको बेलायत आएपछि नै दुवै छोरा–छोरीको जन्म भएको हो। हाल ती दुवै छोरा–छोरी पनि हुर्किसकेका छन्। पत्नी सविना कलाकार चिपालुको सफलताको अर्को रहस्य हो। सविनाको साथ र सहयोगले बेलायतमा जम्न सफलता पाएको कलाकार चिपालु सगौरब घोषणा गर्छन्।

Binod Chipalu 4

बेलायत आएको केही बर्षपछि नै बेलायतको ग्रीन–कार्ड पाएका प्रतिभावान कलाकार चिपालुको पहिलो प्राथमिकता व्यापार बनेको छ। त्यसपछि मात्र कलाकारिता बन्ने गरेको छ। यसो भएतापनि कुनै बेला जतिसुकै व्यस्तता बनेको अवस्थामा पनि समय मिलाएर कलाकारितामा रम्ने चिपालु जिन्दगीलाई अनुभव भन्छन्। अनुभव नै जिन्दगी हो भन्ने चिपालु आफ्नो जिन्दगीवाट आफै रमाएर बाँच्नु पर्दछ भनेर भन्छन्।

Binod Chipalu 6प्रकाशन मिति–२०७३ साल फागुन २० गते शुक्रबार ।