काठमाडौं। बेलायतमा विगत २६ बर्षदेखि बस्दैआएका सुप्रसिद्ध दन्त चिकित्सक डाक्टर कपिल रिजालको निर्माण तथा निर्देशनमा सटमूबी रिलिज भएको छ। डाक्टर रिजालको निर्माण तथा निर्देशनमा अंग्रेजी सटमूबी कर्माः लाइफ इज ए बुमर्याङ यु गेट व्हाट यु गिभ रिलिज भएको हो।

नेपालका सुप्रसिद्ध स्त्रीरोग विशेषज्ञ तथा चलचित्र निर्माता डाक्टर भोला रिजालका सुपुत्र चिकित्सा क्षेत्रवाट फुर्सद मिलेको टाइममा पिता जस्तै कलाकारिता क्षेत्रमा रम्ने गर्ने गर्दछ। बेला बखत फिल्म निर्माण तथा निर्देशन गर्ने सोचको परिणाम अनुरुप अंग्रेजी भाषामा सटमूबी जस्तो कर्म गर्यो त्यस्तै परिणाम भोग्नु पर्दछ भन्ने विषयमा चलचित्र कर्मा निर्माण गर्ने कार्य डाक्टर रिजालवाट भएको छ।

डाक्टर रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सन लण्डनको व्यानरमा निर्मित फिल्ममा लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरुलाई अभिनय गराएका छन्। हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) को प्रमुख रोल रहेको छ। लण्डनकी डेली एलन नायिकाको रोलमा देखिएकी छन्।

साथमा लण्डनमा नै रहेका सुप्रसिद्ध नेपाली कलाकार सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन्। सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको फिल्मको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको जनाएको छ।

सस्पेन्स थ्रिलर फिल्ममा कथा डाक्टर कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका हुन्। स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

फिल्म ११ मिनेट २२ सेकेन्डको छ। डाक्टर रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड १९ को विषयमा एकल कलाकार लिएर गिल्ट नाम छोटो फिल्म बनाएका थिए। २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सट फिल्म बनाएका थिए। डाक्टर रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख २० गते सोमवार ।