Dhurba Dutta in Box Film Fair Awardकाठमाडौ। बेलायतमा संपन्न भएको दशौ बक्स अफिस फिल्म फेयर अवार्ड २०७४ मा लुकाइएको विधा विशेष चलचित्र विधा पनि रहेको थियो। जुन विशेष चलचित्र विधा अवार्डवाट बीपी कोइरालाको महान कृति तीन घुम्तीमा आधारित चलचित्र तीन घुम्तीलाई प्रदान गरिएको खुलासा चलचित्र तीन घुम्तीका नायक ध्रुव दत्तवाट भएको छ।

Dhurba Dutta in Teen Ghumtiलण्डनवाट प्राप्त जानकारी अनुसार, नायक ध्रुव दत्तले त्यस विशेष चलचित्र अवार्ड लिएका हुन्। अवार्ड समारोहमा तीन घुम्तीका नायक दत्तलाई काठमाडौवाट बेलायतको अवार्ड समारोह पुगेका नेपाली चलचित्रका चकलेटी हिरो आर्यन सिग्देलको हातवाट प्रदान गरिएको हो।

विशेष फिल्म विधाको अवार्ड प्राप्त गरेपछि तीन घुम्तीका नायक दत्तले अवार्ड आयोजकहरुलाई तीन घुम्ती चलचित्रका तर्फवाट धन्यवाद ज्ञापन गरेका छन्। चलचित्र तीन घुम्तीका नायक भएको हैसियतले आफूअभिनित चलचित्रले विशेष चलचित्रको क्याटागोरीमा अवार्ड पाउंदा निश्चित रुपमा आफूलाई अत्यन्त खुशी लागेको नायक दत्तले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा बताएका छन्।

Dhurba Dutta in Box Film Fair Award.1त्यसको अलावा नायक दत्त अभिनित यो बर्षकै बेलायतको लोकप्रिय नाटक जीगिषाको सर्टदृश्य गरेर अवार्ड समारोहलाई रोचकता प्रदान गर्ने कार्य दत्तले गरेका थिए। जुन निक्कै उत्कृष्ट र आकर्षक मानिएको थियो। यस संवन्धमा जीगिषा नाटकका लेखक तथा निर्देशक अग्रज रंगकर्मी सनम कुमार बैरागले गौरबता व्यक्त गरेका छन्। अवार्ड समारोहमा सर्टकटवाट नाटक जीगिषाको मन्चन हुनु निक्कै सफलताले रुपमा बैरागले लिएका छन्।

प्रकाशन मिति–२०७४ साल असार १९ गते सोमवार ।