Jigihsa 1

लण्डन। नेपालमा १० बर्षे माओवादी जनयुद्धले निम्त्याएको त्यो चर्को घाउको यथार्थताभित्रको कथा लण्डनमा मञ्चन भएको छ। आइतवार लण्डनको ह्यारो बरो फुटबल क्लवमा आयोजित भव्य कार्यक्रम वीच मञ्चित नाटक जीगिषाले जित्ने इच्छा देखाएको छ। हारभित्रको त्यो जित अनि निराशाभित्रको त्यो आशा जस्ता थुप्रै दृष्टान्तहरुलाई नाटक जीगिषाले स्वभाविक प्रस्तुतिमा देखाउने प्रयास भएको छ।

Jigihsa 3

लण्डनमा रहेका प्रसिद्ध रंगकर्मी सनम कुमार बैरागको लेखन तथा निर्देशन रहेको यस नाटक जीगिषा जीवन्त नाटक बन्न सफल भएको हेर्ने प्राय सवै दर्शकहरुको प्रतिक्रिया रहेको छ। द्वन्द्वको त्रासदी, अपहरण, काटमार, अयोग्य ठहर गर्दै मिल्काइएका लडाकुको दुर्दशा, संकुचित नेपाली समाज र नारी थिचोमिचो आदि सामाजिक परिवेशमा केन्द्रित नाटक जीगिषामा बेलायतका स्थानीय नेपाली कलाकारले जीवन्त अभिनय गरेका छन् । नाटक हेरेर केही आँशु खसाल्ने दर्शकहरुको पनि कुनै कमी भएन।

Jigihsa 4

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले नाटक जीगिषा हेरेपछि कलात्मक नेपाली चलचित्र र नाटकको नियमित दर्शकको नाताले नाटक जीगिषा अब्बल नाटक भएको दावी गरेका छन्। दर्शकका रुपमा पुगेकी प्रसिद्ध कलाकार शशी थापा सुब्बा र ब्रेन्ट काउन्सिलका काउन्सिलर भगवानजी चौहानले पनि नाटक जीगिषाको प्रशंसा गर्न चुकेनन।

Drama Director Mr Sanam Kumar Bairag
Drama Director Mr Sanam Kumar Bairag

जीगिषाका लेखक तथा निर्देशक बैरागले बेलायतमा हालसम्म गुणस्तरीय नाटक अभाव रहेको जनाउँदै अब आफूहरु त्यसको पूर्ति गर्न लागि परेको जिकिर गरे। ध्रुब दत्त, सुरेश श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा लगायतका कलाकारहरुको नाटक जीगिषमा जीवन्त अभिनय गरेर सवै दर्शकको वाहवाही पाएका छन्। फस्ट एजुकेट नेपाल यूके (फेन)को यो नाटक दोस्रो प्रस्तुति हो। यसअघि फेनले गरेको ‘समय दृश्य’ पनि अत्यन्त सफल नाटक मानिएको थियो।

Jigihsa 2

जीगिषा आगामी ११ मार्चमा उलबीच ट्रामसेड थिएटर, १२ मार्चमा दि प्यालेस अल्डरसट र २७ मार्चमा एडिनबराको एसेमब्ली रोक्सी थिएटरमा देखाइने भएको छ । यस नाटक जीगिषाको तेन्जी लामा पाख्रिन, दिल घले र भिजन संसारडटकमले निर्माण गरेका हुन् भने साउण्ड प्रमोद र संगीत, लाइट्स प्रभाव श्रेष्ठ, कम्प्युटर अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुङको संलग्नता छन् ।

Pramod Sharma with Abhimanyu Bairag
Pramod Sharma with Abhimanyu Bairag

खगेन्द्र नेपालीले सञ्चालन गरेको कार्यक्रम शुरु हुनु अघि अन्जु श्रेष्ठ, प्रमोद शर्मा र संगीतले गीतसंगीत प्रस्तुत गरेका थिए।

Jigihsa 7प्रकाशन मिति–२०७३ साल फागुन २३ गते सोमवार ।