काठमाडौ। बेलायतमा निक्कै नै लोकप्रिय बन्न सफल नाटक समय दृश्य भोलि शनिवार जुलाई ३० तारिखका दिन लण्डनको हनस्लो आर्ट सेन्टरमा मञ्चन हुन गैरहेको छ। लण्डनको समय अनुसार सांझ ६ बजे इङ्गलिस समयमा मञ्चन गर्नका लागि आफूहरु लगभग तयारी अवस्थामा रहेको जानकारी नाटक समय दृश्यका निर्देशक बरिष्ठ रंगकर्मी सनम कुमार बैरागले बताएका छन्।

Samay-Drishya-Natakगत अप्रिल २३ तारिखका दिन लण्डनको रिडिङ्गमा पहिलो पल्ट मञ्चन हुंदा नाटक समय दृश्य दर्शकहरुमाझ अत्यन्त लोकप्रिय बनेको थियो। सोही लोकप्रियताले दोश्रो पल्ट मञ्चन गर्न समय दृश्य नाटक टीम हौसिएको जानकारी पनि निर्देशक बैरागले दिएका छन्। प्रवासमा मातृभूमि नेपालमा गत बर्षको बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले निम्त्याएको पीडा र तिनले बनाएको बर्बादीलाई नाटकको माध्यमवाट जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास समय दृश्यले गरेको छ।

समय दृश्य भोलि शनिवार हनस्लो आर्ट सेन्टरमा हेर्नका लागि लण्डनमा रहेको नेपाली तथा गैह्रनेपाली निक्कै प्रतीक्षारत रहेको देखिन्छ। सवैले स्वतःस्फूर्त रुपमा यस नाटकको प्रचार–प्रसार गरेको पनि पाइएको छ।

प्रकाशन मिति–२०७३ साल साउन १४ गते शुक्रबार ।