लण्डन। वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके को आयोजनामा १०८औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाइयो।

Nepali Sahitya Bikash Ukस्थानिय वेष्ट लण्डन स्थित ए बी आई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गाबहादुर सुवेदीले साहित्यिक सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेकोछ भनेर गर्वकासाथ भन्न सक्दछौ र नेपाली साहित्य धनी भएको शान राख्न सक्दछौँ भनेर भनेका छन् ।

महाकवि देवकोटा सरल,दानि र असिमित प्रतिभाका धनी थिए भन्दै वरिष्ठ साहित्यकार राजदूत डा.सुवेदीले नेपाली साहित्य विकास परिषदले महाकविको जन्मजयन्ती मनाउने लगायतका साहित्यिक गतिविधिहरू गरेर महाकवि प्रति सच्चा सम्मान पुर्याएको चर्चा समेत गरेका छन् ।

समारोहका अर्का विशिष्ठ वक्ता परिषद्का वरिष्ठ सल्लाहकार यती संंस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबीई ले महाकवि लक्ष्मी प्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि तथा उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको खुलासा गरेका छन्।

उनले महाकवि देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर हुन भनदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका साहित्यिक गतिविधिहरू गर्दै आएर वेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा समेत गरे ।

Nepali Sahitya Bikash Uk1अध्यक्षको आसनबाट सम्वोधन गर्दै परिषदका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जङ्ग शाहले नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेको जिकिर गरेका छन् । अध्यक्ष शाहले लण्डनमा कुटनितिक सेवामा रहँदा परिषद्का कार्यक्रमहरूमा सकृय सहभागिता राख्नु हुने लेखक हरिकुमार श्रेष्ठको कृतिको पनिविमोचन गर्न पाउँदा परिषदलाई गर्व लागेको बताएका छन् ।

Nepali Sahitya Bikash Uk2

यस अघि समारोहमा स्वागत मन्तव्य दिदै परिषद्का सहअध्यक्ष कवि डा. गोपाल पौड्यालबाट र वरिष्ठ सहअध्यक्ष कोमल मल्ल र महासचिव डा.सुधा श्रेष्ठले उद्घोषण गरेका थिए। नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको सवै वक्ताहरुको भनाई रहेको छ ।

समारोहको आरम्भमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरू बाट माल्यार्ण गरी श्रद्धासुमन अर्पण गरिएको थियो । उक्त अवसरमा कोसेली संस्थापक अध्यक्ष कलाकार मदन थापाले सुमधुर मंगल धुन प्रस्तुत गरेका थिए भने मुना मदन को केही अंश संगितवद्ध गीत प्रस्तुति वरिष्ठ कलाकार मदन थापाका साथमा परिषदका पूर्वअधक्ष कवि हरिसिंह थापा, वरिष्ठ गायिका सीतु खरेल र कोसेली अध्यक्ष गायिका शर्मिला सिंहद्वारा मार्मिकरूपले प्रस्तुत गरिएको थियो ।

समारोहमा पहिला वेलायतमा कुटनितिज्ञ भएर बसिसकेका पूर्वराजदूत हरिकुमार श्रेष्ठको मैत्री एक्प्रेस संस्मरण पुस्तकको लोकार्पण प्रमुख अतिथि महामहिम राजदूत वरिष्ठ साहित्यकार तथा परिषदका पदेन संरक्षक डा.दुर्गा बहादुर सुबेदी,नेपाली साहित्य विकास परिषदका संस्थापक तथा अध्यक्ष शुरेस जंग शाह,परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली,वरिष्ठ सहअध्यक्ष कोमल मल्ल, महासचिब डा.सुधा श्रेष्ठ द्वारा लण्डनमा सामुहिकरूपमा लोकार्पण गरिएको थियो
प्रकाशन मिति–२०७४ साल असोज २४ गते मंगलवार ।