Meera Rana in Uk 3

लण्डन। नेपालकी चर्चित तथा अत्यन्त लोकप्रिय गायिका मीरा राणा यतिखेर बेलायतमा रहेकी छन्। बेलायतमा मीरा राणाको मेलोडी नाइट हुने भएको छ।

Meera Rana in Uk 2यसैक्रममा गायिका राणा नेपालवाट बेलायत आइपुगेको जानकारी इनास युकेका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार एवम् अभिनेता मनिष कुमार श्रेष्ठले बताएका छन्। इनास युकेको आयोजनामा यही १९ मार्चमा लण्डनको द ट्रामसेड थियटरमा गायिका राणाको मेलोडी नाइट हुने भएको छ।

त्यसको लागि हाल अन्तिम तयारी भैरहेको जानकारी पनि अभिनेता श्रेष्ठले भनेका छन्। मीरा राणा मेलोडी नाइटमा बेलायतमा रहेका गंगा थापा, प्रमोदराज न्यौपाने र दीपक थापाको पनि प्रस्तुति रहने भएको छ।

Meera Rana in Uk 4प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।