Sanam Tuyumati Manish UK progm6sanam Tuyumati Manish 5काठमाडौ। बेलायतमा लामो समय देखि बसोबास गर्दैआएका प्रसिद्ध नेपाली रंगकर्मी तथा अभिनेता सनम कुमार बैराग तथा मनिष कुमार श्रेष्ठको संयुक्त पहल र संयोजनमा युके डबलीको स्थापना भएको छ। हाललाई प्रत्येक महिनाको अन्तिम आइतवार विविध कार्यक्रम गर्ने प्रमुख उदेश्य तथा लक्ष्यकासाथ स्थापना भएको युके डबलीको फरवरी २८ तारिखको आइतवार लण्डनमा उदघाटन भएको छ।

Sanam Tuyumati Manish UK progm2

लण्डनमा नै रहेका दुई बाल–बालिकावाट उदघाटन गरिएको युके डबलीको पहिलो कार्यक्रमको रुपमा नेपाल र बेलायतवाट निर्मित पहिलो नेपालभाषाको चलचित्र तुयुमति प्रदर्शन गरिएको थियो। नेपालभाषाको चलचित्रलाई तुयुमतिलाई सवै नेपाली चलचित्रका दर्शकको सहजताको लागि नेपाली भर्सनमा प्रदर्शन गरिएको चलचित्र तुयुमतिका निर्माता तथा निर्देशक एवम् अभिनेता मनिष कुमार श्रेष्ठले बताएका छन्।

Sanam Tuyumati Manish UK progm4

यसअघि लण्डनमा नै नेपालभाषामा रिलिज गर्दा नै धेरै दर्शकको मन जित्न सफल चलचित्र तुयुमति नेपालीमा प्रदर्शन हुंदा अझ धेरै दर्शकको प्रिय बनेको तथा तुयुमतिको प्रदर्शन अत्यन्त सफल भएको इनास युकेका अध्यक्ष समेत रहेका सनम कुमार बैरागले भनेका छन्। बैरागका अनुसार युके डबलीले चार महिनाको प्रोग्राम लिष्ट पनि तयार गरिसकेको छ।

Sanam Tuyumati Manish UK progm1

जसअनुसार नाम्लो ब्याण्डको म्युजिकल कन्सर्ट, सनम कुमार बैराग निर्देशित नाट समय दृष्य, कान्तिपुर टेलिभिजनका युवा ज्योतिष हरिहर अधिकारीव्दारा भविष्यबाणी र बास्तुशास्त्रको जानकारी र युरोपमा संपूर्ण रुपमा छायाँकन गरिएको राजु शाह निर्देशित चलचित्र नमस्ते नेपाल प्रदर्शन गरिने भएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १८ गते मंगलवार ।