काठमाडौं। बेलायतमा प्रत्येक दश बर्षमा हुने गरेको राष्ट्रिय जनगणनाका विषयमा बेलायतवासी नेपालीहरुलाई जनचेतना अभिबृद्धि गर्ने कार्य व्यापक रुपमा भैरहेको छ। यसक्रममा इनास युकेको आयोजनामा बेलायतको राष्ट्रिय जनगणनाका विषयमा सचेतना अभिबृद्धि गर्ने कार्य भएको छ।

इनास युकेका संरक्षक मनिष कुमार श्रेष्ठ

इनास युकेका संरक्षक मनिष कुमार श्रेष्ठको संयोजनमा इनासकी संरक्षक बरिष्ठ लोकप्रिय गायिका मिरा राणाको प्रमुख आतिथ्यतामा भएको सचेतना अभियान कार्यक्रम जुम मार्फत लाइभ गरिएको थियो। जसमा बरिष्ठ गायिका मिरा राणाले यो झुक्दैनझुक्ने नेपालीको शिर वोलको स्वाभिमानी नेपाली राष्ट्रिय गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।

बेलायतका चार राज्यमध्ये इङ्ग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा यही मार्च २१ मा हुने राष्ट्रिय जनगणनामा बेलायतमा बसोबास गरिहेका नेपालीहरुको पहिचान र शान कायम गर्न र गराउन यसप्रकारको सचेतना अभियानले टेवा दिएको कार्यक्रम संयोजक मनिष कुमार श्रेष्ठले वताएका छन्।

Mr.Sanam Kumar Bairag

बेलायतको राष्ट्रिय जनगणनामा नेपाली पहिचान कायम गर्न र गराउन सकेमा बेलायतवासी नेपालीहरुले धेरै सुविधा पाउने भएको कारण पनि नेपाली पहिचानलाई नेपालीहरुले विर्सन नहुने र नेपाली पहिचान कायम गर्नु अत्यन्त आवश्यक भएको सहभागीहरुले वताएका छन्।

बेलायतको राष्ट्रिय जनगणनामा सहभागिता जनाउने प्राविधिक तौर तरीकाका वारेमा पनि जुमको माध्यमवाट जानकारी दिइएको थियो। कार्यक्रममा इनास युकेका वर्तमान अध्यक्ष विनोद चिपालु, संस्थापक अध्यक्ष सनम कुमार बैराग लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सचेतना प्रिजिन्टेसन समिर गुरुङले गरेका थिए।

प्रकाशन मिति–२०७७ साल फागुन १८ गते मंगलवार ।