Tuyumati in Japan

काठमाडौ। लामो समय देखि बेलायतमा कार्यरत रहेका नेपाली चलचित्रका सफल अभिनेता मनिष कुमार श्रेष्ठव्दारा निर्मित नेपालभाषाको चलचित्र तुयुमति बेलायतको सफल प्रदर्शन पश्चात अव जापानमा प्रदर्शन हुने भएको छ।

Film Tuyumati Japan Co-ordinator M/S Sabita Shrestha
Film Tuyumati Japan Co-ordinator M/S Sabita Shrestha

जापानको राजधानी टोक्यो स्थित मेगुरो कुमिन सेन्टरमा यही आउने अप्रिल महिनाको ९ तारिखका दिन चलचित्र तुयुमति प्रदर्शन हुन लागेको हो। यस चलचित्र तुयुमति जापान प्रदर्शनको लागि संपूर्ण तयारी लगभग पूरा भैसकेको तुयुमति प्रदर्शनको कोर्डिनेसन गरिरहेकी प्रोग्राम कोर्डिनेटर सविता श्रेष्ठले जापानवाट भनेकी छन्।

जापानमा रहेका सवै नेपालीहरुलाई नेपाल र बेलायतमा छायाँकन भएको अत्यन्त अर्गानिक नेपालभाषाको चलचित्र तुयुमति हेर्न आउनका लागि आग्रह समेत प्रोग्राम कोर्डिनेटर श्रेष्ठले गरेकी छन्।

Mr.Manish Kumar Shrestha-Producer & Actor of Film TUYUMATI
Mr.Manish Kumar Shrestha-Producer & Actor of Film TUYUMATI

अंग्रेजी सवटाइटलिङ्ग समेत रहेको चलचित्र तुयुमति सवै भाषीहरुले समेत बुझ्ने गरेर तयार भएको अर्गानिक फिल्म भएकोले जापानमा रहेका सवै नेपालीहरुले एकपल्ट हेर्न आवश्यक रहेको पनि चलचित्र तुयुमतिका निर्माता तथा अभिनेता मनिष कुमार श्रेष्ठले भनेका छन्।

चलचित्र तुयुमतिमा मदनकृष्ण श्रेष्ठ, धीरेन शाक्य, राजाराम पौडे्ल, राजेन्द्र खड्गी, राजामति हिसिला महर्जन, मणिराज लवट, मनिष कुमार श्रेष्ठ, अन्नपूर्णेश्वरी शिल्पकार, सुशील प्रजापति, विनोद चिपालु,सविन शाक्य चाकुचा, कृष्णभक्त महर्जन, सुनिता ठाकुर लगायतका मल्टीस्टारहरुको बेजोड अभिनय रहेको छ। निर्देशन आर्यम नकर्मीले गरेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र १३ गते आइतवार ।