लण्डन। बेलायतको ह्याम्पसायरस्थित बेजिंगस्टोक निवासी शिवजी श्रेष्ठको सुपुत्र १२ बर्षिय शुभाषिस श्रेष्ठले नर्थ ह्याम्पसायरको माइकल हस्पाइसको सहयो्गार्थ ८.५ माइल लामो च्यारिटी वाक गरेका छन्। जसवाट शुभाषिसले नेपाली एक लाख रुपैयाभन्दा बढी सहयोग रकम संकलन गर्न सफलता पाएका छन्।

suvashis-shrestha

पिता शिवजी श्रेष्ठसंग च्यारिटी वाकमा गत शनिवार सहभागी बनेका शुभाषिसले उक्त मुनलाइट वाक करिब ३ घण्टामा पूरा गरेका थिए। शुभाषिसले संकलित रकम हस्पाइसलाई हस्तान्तरण गरेका छन्।

सन् १९९१ मा पूर्वमेयर मार्गरेट वेस्टनको नेतृत्वमा हस्पाइसको स्थापना भएको हो। यस हस्पाइसमा छोटो आयु भएका अर्थात क्यान्सर जस्ता अतिगंभीर रोगवाट ग्रसित बनेर जीवनको अन्तिम क्षणलाई सकारात्मक सोचवाट विकास गर्दै सहजताका साथ मृत्युबरण गर्ने बाताबरण मिलाउंदै आएको बताइन्छ।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।