लण्डन। बेलायतमा रहेका नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यू के द्वारा २०४ औँ आदिकवि भानु जयन्ती विशेषरुपले कविता वाचन,पुस्तक लोकार्पण तथा पुरस्कार सुशोभन लगायतका कार्यक्रम गरी उत्साहवर्धकरुपमा मनाइयो।

Bhanu News UK 1वस्ट लण्डन एक्टन स्थित ए बी आई कलेजमा आयोजित समारोहमा पुरस्कार सुशोभन गर्दै परिषदका संरक्षक बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाली साहित्य आकासको जग हाल्ने आदिकवि भानुभक्तको सम्झना यसरी साहित्यिक जमघटबाट गरिनु अत्यन्त सह्रानीय कार्य भएको र यसै सुभअवसरमा स्रष्टाहरुलाई पुरस्कार सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।

यसैगरी सभापतिको आसनबाट बोल्दै पुरस्कृत साहित्यकार परिषदका संस्थापक तथा अध्यक्ष सुरेश जङ्ग शाहले नेपाली साहित्य आकाशका चम्किला तारा भानुको प्रेरणा समाजमा बाँड्न सके मात्र पनि समाजको विकास राष्ट्रिय भावमा रुपान्तरित हुँदै जाने चर्चा गरे। नइ गणेश दुर्गा पुरस्कारबाट आफ्ना विगत तीन दशक भन्दा बढी समय देखि गरेको साहित्यिक गतिविधिको मुल्याङ्कन गरिएकोमा नइ प्रकाशन प्रति कवि शाहले आभार प्रकट गरेका थिए।

Bhanu News UK 4

कवि कोमल प्रसाद श्रेष्ठ मल्लको लोकार्पित पुस्तक “म के लेखू” माथि समीक्षा गर्दै परिषदका निवर्तमान अध्यक्ष कवि खगेन्द्र नेपालीले कविता सङ्ग्रहले भाव र भूमिबाट संवेदनशील अर्थ बोकेको छ भन्दै कवि कोमलको काव्यिक क्षमताको चर्चा गरेका थिए। स्रष्टा मन्तव्य दिने क्रममा वरिष्ठ सहअध्य़क्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लले स्वागत मन्तव्य दिदै सहअध्यक्ष कवि ध्रुव केसी र महासचिव डा.सुधा श्रेष्ठले नेपाली साहित्य विकास परिषद यू के का हरेक गतिविधि र हामी स्रष्टाले गरेका सिर्जना सबै देशको माटोका लागि समर्पित छन् भने।

Bhanu News UK 2यस अघि आदि कवि भानुको तस्विरमा प्रमुख अतिथि तथा अतिथिहरुबाट श्रद्धापूर्ण माल्यार्पण गरी आरम्भ गरिएको समारोहमा प्रमुख अतिथि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले साहित्यकार सुरेशजङ्ग शाहलाई सृजना र संगठनबाट देश विदेशमा नेपाली साहित्य फैलाउने उत्कृष्ट कार्य गरे बापत नई प्रकासन नेपालबाट प्रदान गरिएको स्वर्णपत्र र नगद पचास हजारको पुरस्कार सुशोभन हस्तान्तरण गरेका थिए भने नेपाली साहित्य विकास परिषद् यूकेका वरिष्ठ सहअध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता संग्रह ‘म के लेखूँ ?’ पुस्तकको लोकापर्ण गरिएको थियो ।
समारोहको दोश्रो चरणमा कविहरूले आ आफ्ना अत्यन्त मर्मस्पर्सि कविताहरू सुनाएर श्रोताहरूलाई भावविभोर बनाएका थिए । यसरी कविता वाचन गर्ने कविहरूमा वसन्त रायक्षेत्री, खगेन्द्र नेपाली,घन बहादुर थापा मगर, हरिसिंह थापा, ध्रुव केसी, रेशमलाल अर्याल, बद्रिप्रसाद कुइकेल, प्रेणा थापा,प्रकाश छान्छा राई, डा.सुधा श्रेष्ठ, वीरेन्द्र कुँवर, कोमल मल्ल र सुरेशजङ्ग शाह रहेका थिए।
समारोहमा पूर्वअध्यक्ष कवि हरिसिंह थापा र वरिष्ठ नागरिक बद्रिप्रसाद कुँइकेलले भानुभक्तिय रामायणको श्लोक वाचन गरेका थिए भने कोसेली नेपाली सांस्कृतिक परिवार यु के का संस्थापक अध्य़क्ष वरिष्ठ कलाकार मदन थापाले सारङ्गीबाट मंगल धुन बजाएर सवैलाई आनन्दित तुलाएका थिए।

Bhanu News UK 3समारोहमा जलपान तथा विविध ब्यबस्थापन् तर्फ सहयोग पुुर्याउने वरिष्ठ व्यक्तित्वहरू डा.राघव प्रसाद धिताल ओबीई तथा डा.जनक कुमारी धिताल,कोसेली सांस्कृतीक परिवारका संस्थापक अध्यक्ष मदन थापा,परिषदका पूर्व अध्यक्ष कवि हरिसिंह थापा तथा श्रीमती देव कुमारी थापा,परिषदका सल्लाहकार कवि घन बहादुर थापामगर तथा श्रीमती कृष्ण थापामगर, कार्यकारिणी सदस्य वसन्त रायक्षत्री,पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, कवि कोमल मल्ल तथा कोहिनूर मल्ल,वीरेन्द्र कुँवर,रेशमलाल अर्याल,ध्रुब केसी,राज कुभार थापा,ए बी आई कलेजका प्रोप्राइटर कृष्ण भट्ट तथा एभरेस्ट गौतमका साथै उपस्थित सबै व्यक्तित्वहरुमा परिषदबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।प्रकाशन मिति–२०७४ साल असार २७ गते मंगलवार ।