लण्डन। बेलायतवासी नेपाली अभिनेता ध्रुव दत्त अभिनित नेपाली चलचित्र उल्झनको फस्ट लुक सार्वजनिक गरिएको छ।

नयाँ बर्ष २०१८ मा बेलायत तथा युरोपवाट एकसाथ रिलिज गर्ने तयारीमा रहेको चलचित्र उल्झनमा अभिनेता ध्रुब दत्तको विशेष अभिनय रहेको छ।

थुप्रै सपना बोकेर नेपालवाट विदेश पुगेका युवाको कथामा आधारित चलचित्र उल्झनमा उल्झनको विशेष कथाको साथमा थुप्रै मनोरन्जक खुराक रहेको अभिनेता ध्रुव दत्तले भनेका छन्।

चलचित्र उल्झनमा अभिनेता दत्तको साथमा नायिका रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा,रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ। निर्देशन राजु अधिकारीले गरेका छन्।

तेजेन्द्र कंडेलको प्रस्तुति तथा नारायण ढुंगाना, हरिकृष्ण कार्की र नविन अधिकारीको निर्माण रहेको छ। चलचित्रको छायाँकन नेपाल लगायत बेल्जियममा समेत गरिएको छ।
प्रकाशन मिति–२०७४ साल पुष २० गते विहीवार ।