Child-Rightकाठमाडौ। गैरआवासिय नेपाली संघ बेलायती महिला फोरमले व्दन्दपीडित बालबालिकाको सहयोगको लागि बेलायतमा च्यारिटी कार्यक्रम गर्ने भएको छ।

अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आगामी मार्च ५ तारिखको दिन लण्डनको अल्डरसटस्थित किंग्स सेन्टरमा उक्त च्यारिटी गर्न लागेको जानकारी फोरमकी कार्यक्रम संयोजक सुशीला राईले भनेकी छन्।

कार्यक्रमवाट संकलित रकम नेपालको सर्लाहीको हरिवन घर्कौलास्थित चेतना समूह नेपालवाट संचालित व्दन्दपीडित अनाथ बालगृहलाई प्रदान गरिने समेत संयोजक राईले जानकारी दिएकी छन्।
प्रकाशन मिति–२०७२ साल फागुन ५ गते बुधवार ।