Harry with Rastrapat.jpgकाठमाडौ। नेपालको पाँचदिने भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारीले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीसंग राष्ट्रपति निवासमा भेटवार्ता गरेका छन्।

राष्ट्रपतिसँगको भेटमा राजकुमार ह्यारीले भूकम्पछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको भन्दै बेलायत फर्केपछि आफूले नेपालको पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका प्रयास गर्ने बताएका थिए।

गत बैशाखमा गएको महाभूकम्प,त्यसले पुर्‍याएको क्षति, पुर्ननिर्माण तथा नेपालको पर्यटन क्षेत्रको पछिल्लो अवस्थाबारे आफु जानकार रहेको भन्दै राजकुमार ह्यारीले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन आफूले पदयात्रा,घरबासलगायतका कार्यक्रम गर्न लागेको बताएका थिए। राष्ट्रपति भण्डारीले नेपाल र बेलायतबीचको सम्बन्ध राजकुमार ह्यारीको नेपाल भ्रमणपछि अझै बलियो हुने र थप उचाईमा पुग्ने विश्वास गरेकी छन्।

Harry in Patan 2

Harry in Patan 3राष्ट्रपतिसंगको भेटवार्ताको लगतै राजकुमार ह्यारी पाटन दरवार पुगेर त्यहाँको बस्तुस्थिति अवलोकन गरेका छन्। महाभूकम्पले क्षति पुर्याएका मठ–मन्दिरका बारेमा जानकारी लिने कार्य गरेका छन्। त्यसैगरेर, ललितकलाको उदगम शहर पाटनका मूर्तिकारहरुकोमा पुगेर मूर्ति बनाउने कलावाट मुग्ध बनेर आफैले मूर्ति कोर्ने कोशिश समेत गरेपछि स्थानिय मूर्तिकारहरु दंग परेका थिए।Harry in Patan 1प्रकाशन मिति–२०७२ साल चैत्र ७ गते आइतवार ।