Harry 1काठमाडौ। नेपाल र बेलायतको मैत्री संवन्धको २ सय बर्ष पुगेको अवसरमा बेलायती महारानीको प्रतिनिधित्व गरेर बेलायती राजकुमार ह्यारीले शनिवार नेपाल आएका छन्। ३५ सदस्यीय भ्रमण टोलीका साथमा नेपालमा आएका राजकुमार ह्यारीले शनिवार नै सांझ ५ बजेर ५५ मिनेटको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन्।

Harry with KP Oli

करिब आधा घण्टा राजकुमार ह्यारीले प्रधानमन्त्री ओलीसंग नेपाल र बेलायतको मैत्री संवन्धका बारेमा भेटवार्ता गरेका थिए। आइतवार राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने नेपाल स्थित बेलायती दूतावासले जनाएको छ। पांच दिने नेपाल भ्रमणका क्रममा ह्यारीले भूकम्प पीडित क्षेत्रहरुको अवलोकन गर्नुको अलावा पोखरा, बर्दिया लगायतका स्थानको भ्रमण गर्ने भएका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र ७ गते आइतवार ।