Banker Jwala Sharma married with Neharika Nepalकाठमाडौ। ग्लोबल आइएमइ बैंक इटहरी शाखाका शाखा प्रमुख ज्वाला शर्मा गौतम विवाह वन्धनमा बाँधिएका छन्। तन्नेरी बैंकरका रुपमा चिनिएका ज्वालाको सिक्किम निवासी नेहारिका नेपालसंग बैशाख १५ गते सिलीगुडीमा विधिवत रुपमा विवाह भएको हो। विवाहको संपूर्ण विधिविधान पूरा गरेर सिलीगुडीमा प्रीतिभोज समेत दिइसकेका बैंकर ज्वालाले काठमाडौमा पनि शुक्रबार रेसेपसेन्स पार्टी दिएका छन्।

Banker Jwala Sharma married with Neharika Nepal.1

पाँच बर्षअघि ग्लोबल आइएमइ बैंकमा बैंकरको लोभलाग्दो करियर शुरु गरेका ज्वाला प्रारम्भमा काठमाडौको कुलेश्वर स्थित ग्लोबल आइएमइ बैंकको डिपुटी ब्रान्च मेनेजर थिए। त्यसपछि पूर्वीनेपालको इलाम शाखाको ब्रान्च मेनेजर बन्दै हाल इटहरी शाखाको शाखा प्रमुख भएर कार्यरत रहेका छन्।

विवाह जीवनको महत्वपूर्ण पल रहेको र यसले जीवनमा नयाँ मोड प्रदान गरेको प्रतिक्रिया बैंकर ज्वालाले दिएका छन्। बैंकर ज्वालाकी जीवन संगीनी नेहारिका होटल म्यानेजमेन्टमा डिग्रीहोल्डर हुन।

प्रकाशन मिति–२०७३ साल बैशाख २४ गते शुक्रवार ।