काठमाडौ। भारताको हिमाञ्चल प्रदेशबाट संघर्ष गरेर बलिउडमा बोल्ड एण्ड विन्दास छवि राख्न सफल अभिनेत्री कंगना रनौत देवी–देवताको भक्त हुन थालेकी छन्। विहानै पूजा थाली लिएर मन्दिर धाउने कार्य भने कंगनाले गरेको नभइकन मन्दिर निर्माणमा जुटेकी छन्।

कंगना भगवानमा आस्था राख्छिन्। यही कारणले उनी आफ्नो जन्म गाउँमा आमा अम्बिकाको नाममा भव्य मन्दिर बनाउँदै छिन्। धार्मिक आस्थावान कंगनाले आफ्नो सुख समृद्धिको लागि मन्दिर बनाउन लागेको बताएकी छन्। फिल्ममा मात्र नभई अब उनी आफ्ना कूल देवी अम्बिकाको भक्तिमा पनि ध्यान दिनेछिन्।

यो भन्दा पहिलेपनि उनी शान्ति समृद्धिको लागि हबन पाठ गर्न लगाउने गर्थिन्। उनको घर मंडीमा भएपनि मनालीको सिमसामा नयाँ बंगला बनाएकी कंगनाको पूर्वज मुख्य गरी राजस्थानसँग सम्बन्ध राख्छन्।

कंगनाले राजस्थानबाट माता अम्बिकाको ज्योती ल्याएर आफ्नो घरमा कुल देवीको स्थापना गर्न चाहन्थिन। तर पण्डितले कुल देवीको लागि घरभन्दा पनि मन्दिर नै बनाउँदा राम्रो हुने सल्लाह दिएपछि उनले मन्दिर बनाउन लागेकी हुन्।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल फागुन ६ गते आइतवार ।