Iu Brost 1काठमाडौ। बेल्जियम र युरोपियन युनियन(ईयू)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ। उक्त बम विष्फोटको धमाकाले त्यस आसपासको जनमानसमा ठूलो त्रास उत्पन्न भएको थियो। मंगलबार स्थानीय समयअनुसार बिहान करिव ८ बजेको व्यस्त समयमा दुई ठाउँमा भएको विष्फोटमा २६ जनाको ज्यान गएको छ।

यसलगत्तै ईयूको मुख्यालय नजिकै मोलेनवेक ट्राम स्टेशनमा भएको विष्फोटमा परि १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको स्थानिय अधिकारीले जानकारी दिएका छन्। विष्फोट पछि केही बेरसम्म सर्वसाधारण भुईंमा लडिरहेको अवस्थामा परेका थिए। निकै ब्यस्त विमानस्थल र ब्यस्त ट्राम स्टेसनमा भएको यो विष्फोटले युरोपको मुटुमा प्रहार गरेको संज्ञा दिइएको छ।

Iu Brost 2ब्रसेल्स युरोपको राजधानीको रुपमा रहेको छ भने यहाँ युरोपेली मुलुकहरुको मुख्य मुख्य बैठक समेत हुनेगर्छ । पेरिस हमलाका मुख्य योजनाकार सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौथो दिनमा नै यस्तो घटना भएको हो। राजधानी ब्रसेल्समा आसपासका क्षेत्रका सार्वजनिक यातायातका साधनहरु पूर्ण रुपमा बन्द भएका छन्। देशभरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ। ब्रसेल्स क्षेत्र भित्र करिव ५ सय नेपालीहरु बसोवास रहेको नेपाली दूतावासले जानकारी दिएको छ । दूतावास अधिकारीहरुका अनुसार कोही पनि त्यसमा नपरेको बताइएको छ। (एजेन्सी)।

प्रकाशान मिति–२०७२ साल चैत्र ९ गते मंगलवार ।