काठमाडौ । आफ्नो स्तन मुसारेर गीत गाएर तहल्का मच्चाउन सफल पपस्टार ब्रिटनी स्पेयर्सको प्रेममा हालै ब्रेकअप भएको छ । लामो समयदेखि डेविड लुकेडोसँग प्रेममा रहेकी ब्रिटनीले एकाएक ब्रेकअप गर्नुको पछाडि प्रेमीको अकर्मण्यता नै भएको ठहर भएको छ ।

Britney Spears 1

एकातिर डेविड ब्रिटनीलाई अत्यन्त माया गरेजस्तो व्यवहार देखाउने भएतापनि ब्रिटनीको अनुपस्थितिमा परस्त्रीसँग संवन्ध बढाएर रोमान्स गर्ने मनमोजी मानिएको छ। जसको ब्रिटनीले चोर पक्राउ गर्न सफलता प्राप्त गरेपछि नै ब्रेकअपको घोषणा गरेकी हुन् । परस्त्रीसँग गोप्य संवन्ध राख्दै गरेको अवस्थामा रंगेहात पक्राउमा परेका डेविडको हरकतले निक्कै चिढिएकी ब्रिटनीले तत्काल डेविडसँगको संवन्धको अन्त भएको घोषणा गरेकी थिइन् ।

Britney Spears 4यतिखेर त ब्रिटनी पूर्वप्रेमी डेविडले परस्त्रीसँग यौनसंवन्ध राख्दै गरेको भिडियो पनि सार्वजनिक भएयता ब्रिटनीले असहज महशुश गरेकी छन् । सकभर डेविडलाई विर्सने मूडमा रहेकी छन् । जसलेगर्दा हरहमेसा काममा बिजी बन्ने कोशिश ब्रिटनीबाट भएको छ ।

Britney Spears 3डेविडसंगको ब्रेकअप पछि लसभेगास पुगेकी ब्रिटनीले त्यहाँ बेजोड कन्सर्ट दिएकी छन्। प्लानेट हलिउडको एक कार्यक्रममा सांगीतिक प्रस्तुति खुलेरै दिएकी ब्रिटनी यस्तै कार्यक्रमहरुमा बढी व्यस्त हुन चाहन्छिन् ।

३३ बर्षिया ब्रिटनीको जन्म सन् १९८१ सालको डिसेम्बर महिनाको २ तारिखमा अमेरिकाको मिस्सिपी सिटीमा भएको हो । सानो उमेरबाट गीत–संगीतमा एग्रिसिभ तरीकाले होम्मिएकी ब्रिटनीको त्यो सानो उमेरको बेलाको प्रस्तुतिले समेत दर्शकहरुलाई मोहित बनाउने गरेको थियो। गीत गाउनुको अलावा ब्रिटनी गीत लेखनमा पनि उत्तिकै रुचि राख्ने गर्छिन् ।

Britney Spears 2त्यसमाथि ब्रिटनी राम्रा डान्सर भएकोले केही हलिउडका फिल्ममा समेत नायिका बनेर काम गरेकी छन् । फेसनेबल गायिकाको रुपमा बेग्लै प्रस्तुति दिने भएकोले उनमा फेसन डिजाइनिङ्गको भूत सवार भएर फेसन डिजाइनर कोर्श गरेकी ब्रिटनीको चाहना त बिजनेश वमन बन्नुथियो । जुन चाहना त्यति पूरा भएन । (एजेन्सी )
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।