British Sansad ma Nepali purskrit

काठमाडौ। ब्रिटिश संसदको माथिल्लो सदन हाउस अफ लर्डसमा विहीवार आयोजित समारोहमा नेपाली युवा पुरस्कृत बनेका छन्। वित्तिय साक्षरतमा उत्कृष्ट काम गरेवापत दोलखाका २५ बर्षिया नेपाली युवा प्रकाश कोइरालालाई युथ फाइनान्सियल एजुकेशन अवेरनेस अवार्ड प्रदान गरिएको हो।

नेदरल्याण्डको चाइल्ड एण्ड युथ फाइनान्स इन्टरनेशनलले प्रदान गरिएको उक्त अवार्ड हाउस अफ लर्डस्मा ब्यारोनेस होवार्थ अफ बेकल्याण्ड भेलेरी होवार्थले हस्तान्तरण गरेकी थिइन्। विश्वभरका हजारौ आवेदन दिने युवाहरु मध्येवाट नेपाली युवा कोइरालालाई छनौट गरेर उक्त अवार्ड प्रदान गरिएको हो।

पुरस्कृत कोइरालाले नेपालमा कलेज तथा क्लबका माध्यमबाट विद्यार्थीहरुलाई समुदायमा गएर वित्तिय साक्षरताबारे निःशुल्क पढाउंदै आएका छन्।

प्रकाशन मिति–२०७२ साल पुष २६ गते आइतवार ।