काठमाडौ । बौद्धदर्शन र विश्व शान्तिका लागि भगवान बुद्धको जन्मभूमि नेपालको लुम्बिनीमा १० लाख दीप प्रज्वलन गरिएको छ। चीनको ‘लाइट अ लुम्बिनी रोड अफ डेस्टिनी उइथ बुद्धिजम्’ अभियानले लुम्बिनीमा १० लाख दीप प्रज्वलनको गरिएको हो।

Lumbini Deep

लुम्बिनीमा गरिएको दीप प्रज्वलनको बुधबार नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले समापन गरे। गत जनवरी १५ देखि सुरु गरिएको अभियान १० लाख दीप प्रज्वलन गरी समापन गरिएको हो। लुम्बिनीलाई बुद्ध जन्मस्थान भनेर चिनाउनु नै यो अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

Lumbini Deep.1

अभियान चीनको बेइजिङबाट यात्रा प्रारम्भ गरी संघाई, हङकङ, मकाउ, ताइवान गरी ६० हजारकिलो मिटर पार गरेर लुम्बिनी पुगेको हो । अभियान चीनको विभिन्न स्थानका ३सय ६० बुद्धबिहार भ्रमण गरी लुम्बिनीमा आर्शिवाद ग्रहण गर्न पुगेको हो ।
प्रकाशन मिति–२०७३ साल फागुन ५ गते विहीवार ।