-Sun Kumar Awal       -सुनकुमार अवाल

काठमाडौं। बागमती प्रदेश सरकारका सभामुख सानु कुमार श्रेष्ठले भजन कीर्तनको लोकबाजा सामाग्री हस्तान्तरण गरेका छन्। शनिवार आयोजित कार्यक्रममा सभामुख श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडि दीपनगर स्थित निखिलेश्वर महादेव मन्दिर परिसरमा भजन कीर्तनका सामाग्री हस्तान्तरण गरेका हुन्।

दीपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसी सिल्वाललाई सभामुख श्रेष्ठले हार्मोनियम, मादल, ढोलक लगायतका भजन कीर्तनका बाजाहरु हस्तान्तरण गरेका थिए। हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले लोक संस्कृति संरक्षण र विकासमा बागमती प्रदेश सरकारले उच्च प्राथमिकता दिदैआएको बताएका छन्।

हस्तान्तरण कार्यक्रम पश्चात सभामुख श्रेष्ठले निखिलेश्वर मन्दिर परिसरमा निर्माण भैरहेको सामुदायिक भवनको पनि निरीक्षण गरेका थिए। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ३२ का वडा अध्यक्ष नवराज पराजुली, टोल सुधार समितिका सचिव पिताम्बर भण्डारी, सल्लाहकार पुष्पलाल धिताल लगायतले मन्तव्य राखेका थिए।

प्रकाशन मिति–२०७९ साल असार २६ गते आइतवार ।