काठमाडौ। पचासको दशकका लोकप्रिय गायक सरोज दत्तको गायन कलाको तारिफ नगर्ने कमै होलान। त्यो बेला गायक दत्तले गाएको जुनी जुनीलाई मेरी उनीलाई बोलको गीत अझैपनि चर्चामा रहेको छ। त्यसको अलावा दिन ढल्यो रात वित्यो, ओठ देखि, चरी उड्यो आकाशमै भरर, भैगो जस्ता कालजयी गीतले अझैपनि गायक सरोज दत्तलाई चिनाइरहेको छ।

यिनै गायक सरोज दत्तको गायन रहेको नयाँ गीत ‘कालो बादल’ बोलको गीत यतिखेर चर्चामा रहेको छ। जुन गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। गायक दत्तले यस गीतलाई ‘भयंकर व्याण्ड’को कम्पोज तथा उत्पादनमा बजारमा ल्याएका हुन् । भिडियोमा अम्बिका अधिकारी र बाम्बे आने मर्लिनले फिचरिङ गरेका छन् । उग्रडिजाइन डटकमले सम्पादन र निर्देशन गरेको भिडियोलाई पुरानो शैलीमा देखाउन विभिन्न इफेक्ट्सहरुको प्रयोग गर्दै श्यामस्वेतमा निर्माण गरिएको छ।


व्याण्डमा बेस गीतारमा रोविन तामसाङ, लिड गितारमा अनुपम राई, रिदम गितारमा सिद्धार्थ विष्ट र ड्रममा सुलोभ त्रिपाठी छन्। भिडियोमा सञ्जीवनी राईको विशेष सहयोग छ। भिडियोलाई व्याण्डले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो। गीतको रेकर्डिङ अमेरिकाको कोलोराडोमा रहेको माउण्ट गोर्खा स्टुडियोमा गरिएको हो।

नेपालमा रहेका प्रसिद्ध फोटोग्राफर तथा म्युजिक भिडियो निर्देशक सुरज चन्दका अनुसार गायक सरोज दत्त अमेरिकाको कोलाराडोमा कार्यरत रहेका छन्। नेपाली गीत–संगीतको श्रीबृद्धिमा गायक दत्त त्यहाँपनि अत्यन्त क्रियाशील भएर लागिरहेका छन्।

प्रस्तुत छ–गायक सरोज दत्तको नयाँ गीत कालो बादलको म्युजिक भिडियो

प्रकाशन मिति–२०७४ साल पुष ४ गते मंगलवार ।