Ram Keshar Bogatiकाठमाडौ। नेपाल चलचित्र कलाकार संघको आफ्नै खर्चमा भवन बनाइदिने प्रमुख मुद्दा बोकेर संघको १४ औं साधारण सभाको चुनावी मैदानमा उत्रेका रामकेशर बोगटी अध्यक्ष पदमा निर्वाचित बनेका छन्।

कुल खसेको मतको २३८ मत प्राप्त गरेर प्रत्यासी लय संग्रौलालाई बोगटीले हराएका छन्। संग्रौलाले १६० मत प्राप्त गरेका थिए। अर्का अध्यक्षका प्रत्यासी विशाल विष्टले शर्मनाक १० मत प्राप्त गरेका छन्।

Kalakar Sangh sapath grahan 2

Kalakar Sangh sapath grahan 1

दुई उपाध्यक्षमा सानु ताम्राकार र रेजिना उप्रेती विजयी बनेका छन्।महासचिव पदमा सरिता लामिछाने विजयी बनेकी छन्। सचिव पदमा चेतवहादुर सिंह, कोषाध्यक्ष्मा विमला केसीको जित भएको छ।

Sarita Lamichhane winner

सहकोषाध्यक्ष पदमा नन्दिता केसी निर्विरोध निर्वाचित बनेकी थिइन्। सदस्यहरुमा गजित विष्ट, शिवहरि पौडेल, सविन श्रेष्ठ,देविराम पराजुली, आशिष्मा नकर्मी, शिवहरि नेपाल, कविता शर्मा, रश्मी भट्ट, धनबहादुर बमजन र विष्णु सापकोटा विजयी बने। शनिवार आधारातमा संपन्न निर्वाचन परिणामको घोषणासंगै सोही राति नै नयाँ कार्यसमितिले शपथ ग्रहण समेत गरेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २७ गते आइतवार ।