KP Oli with Modiकाठमाडौ। नेपाललाई नाकाबन्दी गरिरहेको भारतको आज मंगलबार ६७ औं गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्रं मोदीलाई शुभकामना सन्देश पठाएका छन्।

सन्देशमा भारतीय प्रधानमन्त्री मोदीलाई गणतन्त्र दिवसको अवसरमा बधाई ज्ञापन गरेका छन्। शुभकामनामा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको संविधान संशोधन भएको पनि उल्लेख गरेका छन्।

जनताको जायज मागलाई संविधान संशोधनमार्फत संवोधन गरिएको पनि भनिएको छ। नेपालमा असोज ३ गते जारी भएको नेपालको नयां संविधानलाई लिएर भारत बेखुशी बनेको थियो। सोही कारणबाट भारतले हालसम्म अघोषित रुपमा नाकाबन्दी गर्दैआएको छ।
प्रकाशन मिति–२०७२ साल माघ १२ गते मंगलबार ।