Chennai Indiaकाठमाडौ। भारतको चेन्नइमा आएको भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ। बाढीमा परी सयौं विस्थापित भएका छन्। भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ। बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद् बल परिचालन गरेको छ।

चेन्नईको विमानस्थल डुवानमा परेपछि मंगलबार साँझदेखि बन्द गरिएको छ ।
वर्षाका कारण रेल र बस सेवासमेत प्रभावित भएका छन्। शिक्षा विभागले शहरका विद्यालय तथा क्याम्पससमेत बन्दको घोषणा गरेको छ।

भारतीय सञ्चारमाध्यमहरुले भीषणा वर्षाका कारण चेन्नईमा विद्युत् सेवासमेत बन्द भएको जनाएका छन् । मौसम विभागले आगामी ४८ घण्टासम्म पानी पर्ने अनुमान गरेको छ। (एजेन्सी)

प्रकाशन मिति–२०७२ साल मंसिर १६ गते बुधवार ।