Nepal-Foootball winner in SAAG]काठमाडौ। भारतमा जारी १३ औ दक्षिण एसियाली खेलकुद सागमा पुरुष फुटवल खेलको फाइनलमा भारतलाई हराउंदै नेपालले स्वर्णपदक जितेको छ। भारतको १ गोलको विरुद्ध नेपालले २ गोल गरेर भारतको निरन्तरको दबाबलाई झेलेर रोमान्चक तथा कौतुहलपूर्वक नेपालले जित हासिल गरेर २३ बर्षपछि स्वर्ण पदक जित्न सफल भएको हो।

भारतले १ गोल गरेपछि आक्रमक बनेको नेपालका खेलाडीहरुमा बेग्लै जोश बढ्ेको थियो। खेलको ६६ औ मिनेटमा प्रकाश बुढाथोकीले फ्रि–किक मार्फत सुन्दर गोल गरेर बराबर पारेको खेललाई त्यसको ७० औ मिनेटमा नेपालका अर्का खेलाडी नवयुग श्रेष्ठले गोल गरेर खेललाई २–१ ले अगाडि बढाएका थिए। त्यसपछि भने दुवै देशका खेलाडीले कुनै गोल गर्न नसकेपछि नेपालको जित भएको घोषणा भएको थियो।

Nepali Footbal team in SAAG]

भारतको गुहावाटीस्थित इन्दिरा गान्धी स्टेडियममा सोमवार राति भएको फुटवलको फाइनलमा नेपालको जित भएपछि भारतमा रहेका नेपाली तथा स्थानिय भारतीयहरु पनि खुशी बनेका थिए। नेपालले सागमा फुटबल फाइनलमा भारतलाई पराजित गर्नुभनेको नेपालको विश्व फुटवल जगतमा मात्र नभइकन राजनीतिमा पनि सफलताको रुपमा लिइएको छ। भारतको चार महिना लामो नाकाबन्दीको सास्ती खेपेका नेपालीहरुले भारतउपर नेपालले गरेको विजयले उत्सव नै महशुश गरेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन ३ गते सोमवार ।