काठमाडौ। पाँच महिना नेपालमा नाकाबन्दी गर्ने भारतको ६ दिने भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपरान्ह भारत पुगेका छन्। नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्री सुषमा स्वराजले सरप्राइज रुपमा उपस्थित बनेर स्वागत गरेकी थिइन्।

KP sharm oli with Sushma Sworaj in India

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय मार्फत दिएको जानकारी अनुसार भारतीय कुनै एक राज्यमन्त्रीले स्वागत गरिने भनिएतापनि विदेश मन्त्री स्वराज नै विमानस्थलमा उपस्थित भएर प्रधानमन्त्री ओलीलाई खुशी बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्रीकका रुपमा लिइएको छ।

पाँच महिना लगातार नाकाबन्दी गरेर विश्वमाझ आलोचित बनेको भारत तथा भारतीय प्रधानमन्त्री मोदी हरतरहले नेपाल र नेपालका प्रधामन्त्री ओलीलाई खुशी बनाएर पठाउने सोच अनुरुप त्यसप्रकारको कार्य गरेको हुनुपर्ने उच्चतहका राजनीतिक तह–तप्कामा गाइँगुइँ हल्ला चल्न थालेको छ।

प्रधानमन्त्री ओली इन्दिरा गान्धी विमानस्थलवाट सिधै राष्ट्रपति भवनमा पुगेर केही समय आराम गरेको लगतै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले ६५ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सरिक बने। भारत भ्रमणमा आउनुअघि नेपालमा प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री ओली सरिक बनेर भारत गएका हुन्।
प्रकाशन मिति–२०७२ साल फागुन ७ गते शुक्रबार । प्रजातन्त्र दिवस ।