काठमाडौ। इभेन्ट म्यानेजमेन्टको दुनियाँमा नेपालमा अब्बल कंपनी मानिएको मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले यो बर्ष पनि लिट्टल च्याम्प–२०१८ र टीन स्टार नेपाल–२०१८ गर्ने भएको छ।

यसको लागि प्रारम्भिक अडिसन शुरु भैसकेको र भाग लिन चाहनलेहरुले सक्दो चाँडो संपर्क गर्न आयोजक मर्निङ ग्लोरी इन्टरटेन्टमेन्ट प्रा.लि.की सिइओ मोहना क्षेत्रीले भनेकी छन्।

सिइओ मोहना क्षेत्रीका अनुसार दुवै कन्टेस्टको फाइनल प्रोग्राम २०७४ साल माघ १३ गते तदानुसार २७ जनवरी २०१८ का दिन काठमाडौको भद्रकाली स्थित आर्मी अफिसर्स् क्वलमा हुने भएको छ।

लिट्टल च्याम्प–२०१८ का लागि ६ बर्ष देखि १२ बर्ष उमेर समूह तथा टीन स्टार नेपाल–२०१८ का लागि १३ बर्ष देखि १९ बर्षको उमेर समूह हुनुपर्ने आयोजकले जनाएको छ।

विजेताहरुलाई भारी नगद पुरस्कारका साथमा विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने पनि भनिएको छ। संपर्कका लागि–9841750000 & 9818113520 Email-morninggloryentertainment@gmail.com


प्रकाशन मिति–२०७४ साल मंसीर १९ गते मंगलवार ।