काठमाडौ। नेपालको प्रधानमन्त्री बन्ने बारम्बार सपना देख्दैआएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएको छ।

Krishna Kumar Shrestha & Ram Chandra Paudel

नेपाली कांग्रेसको शेरवहादुर देउवा बराबरको हेभिवेट खम्बा नेता पौडेल तनहुँको निर्वाचन क्षेत्र नंबर–१ को प्रतिनिधिसभाको निर्वाचनमा भारी मतान्तरले नेकपा एमालेका चर्चित नेता कृष्ण कुमार श्रेष्ठ किसानसंग पराजित बनेका छन्।

विजयी नेकपा एमालेका श्रेष्ठले ३४ हजार ४८९ मत प्राप्त गरेका छन्। श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २७ हजार ६ सय ७५ मत ल्याए। श्रेष्ठ र पौडेल वीचको मतान्तर ६ हजार ८ सय १४ रहेको छ।

यतिधेरै मतान्तरमा पराजित बनेका नेता पौडेलको यो हारालाई कांग्रेसबृतमा समेत शर्मनाक हार मानिएको छ। तनहुँमा विसं.२०४८ देखि लगातार निर्वाचन जित्दै आएका पौडेलको लागि यो शर्मनाक हार अत्यन्त नमिठो हारका रुपमा लिइएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २४ गते आइतवार ।