Sex seenकाठमाडौ। आफ्नै भिनाजु र सोतेनी आमाको शारीरिक संवन्ध रंगेहात देख्ने सुनिताकुमारी यादवको हत्या भएको छ। धनुषा जिल्लाको विक्रमपुर गाविसका स्थानिय फुलगेन यादवकी १५ बर्षिया सुनिताकुमारीको भिनाजु र सौतेनी आमाको मिलोमतोमा घांटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानवाट पत्ता लागेको छ।

प्रहरी अनुसन्धानवाट प्रकाश भएअनुसार फुलगेन यादवकी कान्छी श्रीमती र ज्वाई रामजीवन यादववीच अनैतिक संवन्ध रहदैआएको थियो। त्यसैक्रममा होलीको दिन चैत्र ९ गते मंगलवार होलीमा रमाएपछि दुवैवीच शारीरिक संपर्क भएको थियो। सोतेनी आमा र भिनाजुको आपतिजनक यौन–संपर्क सुनिताकुमारीले देखेपछि उनले पोल खोल्ने डरले उनीहरु दुवै मिलेर हत्या गरेका हुन्।

हत्या गरेर उनीहरुले सुनिताको शवलाई घाँस–पराल तथा भुसा राख्ने घरमा फालेको अवस्थामा प्रहरीले शवलाई फेला पारेका थिए। घटना भएको पुष्टि भएको लगतै घरका संपूर्ण परिवार फरार भएको प्रहरीले जनाएको छ। फरार अभियुक्तहरुको तदारुकताका साथ खोजी भैरहेको धनुषा प्रहरीले भनेको छ।

तस्वीर साभार–मोडलिङ्गमा आधारित छ। यस समाचारसंग संवन्ध छैन।

प्रकाशन मिति–२०७२ साल चैत्र १४ गते आइतवार ।