Bhutan Kingकाठमाडौ। भुटानका राजा जिग्मेकेशर वाङ्गचुङ्ग र रानी जस्टुन पेमा बाउआमा बन्ने भएका छन्। तन्नेरी राजा जिग्मेकेशरले पिता जिग्मेसिग्मे वाङ्गचुङ्गको ६० औ जन्मदिनको अवसर पारेर आफू र रानी पेमाको फोटो सार्वजनिक गरेर उक्त कुराको जनाउदिएको समाचार एजेन्सीहरुको भनाई रहेको छ।

राजा जिग्मेकेशरले सार्वजनिक गरेको फोटोमा रानी पेमाको पेट निक्कै बढेको देखिन्छ। यसले गर्दा पनि रानी गर्भवती भएको प्रष्ट भएको समाचार एजेन्सीको दावी रहेको छ। चांडै नै तन्नेरी राजा–रानीलाई सन्तान लाभ हुने भनिएको छ। भुटानका यी तन्नेरी राजा–रानीको विवाह सन् २०११ मा भएको थियो। पारिवारिक बनभोजका क्रममा यी राजारानीको पहिलो भेट भएको थियो।

राजाले रानीलाई पहिलो भेटमा नै मन पराएका थिए। पहिलो भेटमा राजाले रानीलाई फरक सुन्दरीको उपमा दिएपछि उनीहरु वीचको संवन्धमा विस्तार भएको थियो भुटानमा बहुबिबाह गर्ने प्रचलन भएतापनि राजा जिग्मेकेशरले अर्को विवाह कहिलेपनि नगर्ने घोषणा नै गरिसकेका छन्। विवाह भएकै बर्ष राजाले पेमालाई भुटानको रानी घोषणा गरेका थिए। विश्वमा रहेका राजसंस्थामा सवभन्दा कान्छी रानीको रुपमा हाल भुटानी रानी पेमालाई लिइने गरिएको छ।

प्रकाशन मिति–२०७२ साल पुष २४ गते शुक्रबार ।