Bhuwan KC's DREAMS 1काठमाडौ। सदावहार नायक भुवन केसीको पछिल्लो निर्माण तथा पहिलो निर्देशन रहेको चलचित्र ड्रिम्सको सोमवार आयोजित समारोहमा गीत तथा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ।

आउने फाल्गुण २१ गतेबाट अलनेपाल रिलिज गर्ने पूर्वसन्ध्यामा आयोजित प्रचार–प्रसारको प्रारम्भ गर्दै नायक केसीले आफूले निर्देशन गरिएको चलचित्र ड्रिम्स कुनैपनि बलिउड तथा हलिउडका चलचित्र भन्दा कम नभएको भनेर जिकिर गर्न पछि परेनन्। नायक केसीले चलचित्र ड्रिम्सको टक्कर नेपाली चलचित्रसंग नभइकन बलिउड तथा हलिउडका चलचित्रसंग मात्र हुने पनि भनेर सवैलाई चकित बनाउने कार्य गरेका छन्।

Bhuwan KC's DREAMS 2

नेपाली चलचित्रको तुलना अव हलिउड तथा बलिउडका चलचित्र भन्दा माथि गरिनुपर्ने र सवै नेपाली चलचित्र चल्नुपर्ने बाताबरण हुनुपर्ने कुरामा नायक केसीले जोड दिएका छन्। चलचित्र ड्रिम्स प्रेममय चलचित्र भएको यस चलचित्रका नायक अनमोल केसीले बताएका छन्। नायक भुवन केसीका कान्छो सुपुत्र अनमोल अभिनित हिट मानिएको चलचित्र जेरीको कथाबस्तुभन्दा विलकुलै फरक रहेको पनि अनमोल आफैले भनेका छन्। यस चलचित्रमा अनमोलको नायिकामा ड्यासिङ्ग पर्सनालिटी भएकी नव–नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रहेकी छन्।

नव–नायिका साम्राज्ञीले चलचित्रको प्रारम्भमा निक्कै डर लागेको भएतापनि निर्देशक भुवन केसी र नायक अनमोल केसीको सहयोग र साथले चलचित्रमा राम्रो प्रस्तुति दिनमा आफू सफल बनेको प्रतिक्रिया दिएकी छन्।

प्रकाशन मिति–२०७२ साल पुष २७ गते सोमवार ।