Nepal Govt Logoकाठमाडौ। भूकम्पपीडितहरुको लागि सरकारले १० हजार रकम बाँड्न थालेको छ। यो जाडो महिनामा न्याना कपडा किन्नको लागि सरकारले भूकम्पपीडितहरुको लागि १० हजार रकम बाँडेको सरकारले भनेको छ।

स्थानिय निकाय वडा सचिव मार्फत भूकम्पपीडितहरुलाई उक्त रकम बाँडेको सरकारले यसअघि राहत स्वरुप १५ हजार पनि बाँडिसकेको छ। न्यानो कपडा किन्नको लागि सरकारले दिएको १० हजार रकम लिन आउने प्रायले सरकारले भूकम्पपीडितलाई सरकारको तर्फवाट दिने भनेको राहत पाउन निक्कै ढिला भएको गुनासो गरेका छन्।

भूकम्पबाट ध्वँस्त बनेका घर निर्माण गर्नका लागि बैंकबाट २५ लाखसम्मको ऋण २ प्रतिशत व्याँजमा दिने कुरा केवल कुरामा मात्र सिमित गरेकोमा त्यस कुरालाई कार्यन्वयन गर्न पनि उनीहरुले माग गरेका छन्।

प्रकाशन मिति–२०७२ साल पुष १२ गते आइतवार ।