Dharhara 1काठमाडौ। गत बर्ष बैशाख १२ गतेको विनाशकारी महाभूकम्पवाट ढलेको काठमाडौको सुन्धारा स्थित ऐतिहासिक महत्वको धरहराको पूर्नरनिर्माण नेपाल टेलिकमले गर्ने भएको छ। नेपाल सरकारले धरहरा निर्माणको संपूर्ण जिम्मेवारी नेपाल टेलिकमलाई दिन लागेको उच्च स्रोतले बताएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल टेलिकमलाई धरहरा निर्माण गर्नको लागि जिम्मेवारी दिन गरेको निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले निरन्तरता दिएर त्यसलाई कार्यन्वयन गर्न लागेको पनि भनिएको छ।

पुरातत्व विभागले यसको विस्तृत विवरण अध्ययन गरेर धरहरा निर्माण खाका तयार गरेपछि नेपाल टेलिकमसंग नेपाल सरकारले औपचारिक सम्झौता पत्रका हस्ताक्षर गरिने विभाग स्रोतले बताएको छ।

Dharhara 2प्रकाशन मिति–२०७३ साल भदौ ३ गते शुक्रबार ।