bauddha-stupa-1

काठमाडौ। गत बर्ष २०७२ साल बैशाख १२ र २९० गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौको बौद्धस्थित बौद्धनाथ मन्दिरको जनस्तरवाट पुर्नरनिर्माण कार्य संपन्न भएको छ।

bauddha-stupa-3सरकारको मुख ताकेको भए कयौ समयसम्म पनि पर्यटकको आकर्षक गन्तव्य वन्दैआएको बौद्धनाथ स्तुपा मन्दिरको निर्माण हुंदैन्थ्यो। जनस्तरवाट नेपाली जनता नै जागरुक बनेर निर्माण संपन्न गरेको बौद्धनाथ स्तुपाले नयाँ जुनी पाएको छ।

bauddha-stupa-2पहिलाको भन्दा धपक्क बलेको जस्तो देखिएको छ।नवजीवन पाएको बौद्ध स्तुपालाई तीन दिन लगाएर बौद्ध धर्मगुरुहरुले शद्धीकरण पूजा गरिसकेका छन्। अब यो सम्पदा धार्मिक र आध्यात्मिक धरोहरका रुपमा मात्रै हैन, द्रुत पुनर्निर्माणको एउटा नमूनाका रुपमा खडा भएको छ। यसले लिएको नयाँ अबतारले धेरैलाई लोभ्याएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर ५ गते आइतवार ।