Shakti Bahadur Basnetकाठमाडौ। भूकम्प पीडितको नाममा आएको कोटामा विदेश घुम्न पठाएको आरोप खेप्दैआएका गृहमन्त्री शक्तिबहादुर बस्नेतले एमाओवादीको मुख्यालय पेरिस डाँडामा आफूले गल्ती गरेको स्वीकार गरेका छन्। उक्त कोटामा एमाओवादीका अध्यक्ष प्रचण्डको चाकडी बजाउन गृहमन्त्री बस्नेतले प्रचण्डको सन्तानलाई समेत सिफारिस गरेको खुल्न आएको छ।

प्रचण्डले यसबारेमा आफूलाई केही थाहा नभएको अभिव्यक्ति दिएपछि समस्यामा परेका गृहमन्त्री बस्नेत एमाओवादीका नेताहरुकै प्रचण्ड विरोध आएपछि माफी माग्न बाँध्य भएको पेरिस डाँडा समाचार स्रोतले बताएको छ।

Amaobadi Parish Dada

एमाओवादी कोटाबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका बस्नेतले पेरिस डाँडामा आत्मालोचना समेत गरेका छन्। यस्ता गल्ती आइन्दा नदोहोर्याउने प्रतिबद्धता समेत गृहमन्त्री बस्नेतले जनाएका छन्।

गृहमन्त्री बस्नेतले भूकम्प पीडितको नाममा आएको कोटामा नेता प्रचण्ड तथा केही उच्च कर्मचारीका आफन्त लगायत तीन दर्जनलाई चीन पठाइएको आरोप लागेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २८ गते सोमवार ।