bhojpur-jalyo-2काठमाडौ। पूर्वी नेपालको भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजारमा भीषण आगलागी भएको छ। प्रारम्भिक अनुसन्धानवाट खुलेको तथ्य अनुसार भोजपुर बजारको भोटेपसलस्थित निलम ज्वेलर्समा ग्याँस पडकेपछि बजारमा आगालागी शुरु भएको हो।

आइतवार साँझ ५ बजे शुरु भएको आगलागीवाट १५ भन्दा बढी पसल तथा स्थानिय बासिन्दाको घर जलेर ध्वँस्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले भनेको छ। प्रहरी निरीक्षक राधा पराजुलीका अनुसार भोजपुर नगरपालिकाको एक मात्र दमकलको सहयोगमा आगो निभाउने प्रयास भएको छ।

bhojpur-jalyo-1नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानियवासिन्दा आगो निभाउने कार्यमा राति अवेरसम्म लागिरहेका छन्। आगो नियन्त्रण गर्न राति १० बजेसम्म पनि नसकेको प्रहरीले जनाएको छ। भोजपुरी यति धेरै भयावह स्थितिमा जल्नुको पछाडि आगलागीवाट पसल तथा घरमा राखिएका खाना पकाउने ग्याँस सिलिण्डर पडकिन थालेपछि आगलागी फैलिदै गएको हो।

आगो निभाउन नसकेपछि स्थानियको घर तथा पसल भत्काउने कार्य पनि गरिएको छ। बजारको विद्युत सेवा बन्द गरिएको छ। खानेपानीको पाइपलाइन काटेर भएपनि आगो निभाउने प्रयास भएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर ५ गते आइतवार ।