Karishma 1काठमाडौ। नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले काठमाडौवाट स्थानीय चुनावमा मतदान गर्न नपाएपछि आक्रोश पोखेकी छन्। नयाँ शक्ति नेपाल पार्टीको सक्रिय सदस्य समेत रहेकी नायिका मानन्धरको मतदाता नामावाली काठमाडौवाट सप्तरी जिल्लाको राजविराज पुगेपछि उनी पति विनोद मानन्धरसँग आक्रोशित बनेकी हुन्।

विनोद मानन्धरसंग विवाह भएपछि करिश्मा केसीवाट करिश्मा मानन्धर बनेकी उनी पति विनोद मानन्धरको गृहजिल्ला सप्तरीवाटै नेपाली नागरिकता बनाएकी थिइन्। केसीवाट मानन्धरमा परिणत गरिदा पनि खुशीकासाथ आफूलाई लिएकी करिश्मा नागरिकता बनाउन बाहेक सप्तरीको राजविराज पुगेकै थिइनन्।

राजविराजमा विनोद मानन्धर परिवारको घर–जग्गा हाल त्यहाँ नभएकोले त्यहाँ आउत–जाउत गर्न पनि आवश्यक थिएन। करिश्मा अमेरिका बसेको बेलामा विनोद मानन्धरले सप्तरीको राजविराजवाट छोरी कविता र आफ्नो मात्र बसाई–सराई गरेर काठमाडौको लाजिम्पाटको भोटर लिष्टमा नाम लेखाएका थिए। करिश्माको बसाई–सराई गर्ने आवश्यकता विनोदले त्यसबेला नगरेकोले काठमाडौको भोटर लिष्टमा नपरेको करिश्माले सामाजिक सञ्जाल फेसबुकवाट आक्रोश पोखेकी छन्।

काठमाडौको लाजिम्पाट र गोदावरीको टौखेलमा घर भएका विनोद मानन्धरको बदमासीले गर्दा आफूले आज बैशाख ३१ गतेको स्थानीय चुनावमा मतदान गर्न नपाएकोमा करिश्माले तिब्र गुनासो गरेकी छन्। विनोदको यो अन्यायको भण्डाफोर गर्ने कार्य उनीवाट भएको छ। नायिकावाट नेतृसम्म बनिसकेकी करिश्माको यो पीडाको पर्दाफासले उनलाई उनको श्रीमान विनोद मानन्धरले भित्रभित्रै गर्दैआएको अन्याय सार्वजनिक भएको छ।

https://www.facebook.com/karishma.manandhar.3/posts/1357230681020439

Karishma Manandhar with Binod Manandharप्रकाशन मिति–२०७४ साल बैशाख ३१ गते आइतवार ।