Petrol line bikeकाठमाडौ। नेपाल आयल निगमले सोमवारबाट प्राइभेट मोटरसाइकल तथा कारलाई पेट्रोल वितरण गरिने भनेतापनि लट अनुसार वितरण गर्ने निर्णय बमोजिम मंगलवार विहान ९ बजेवाट वितरण गर्ने भएको छ। हाललाई मोटरसाइकललाई मात्र लट अनुसार पेट्रोल बाँडिने निगमले जनाएको छ।

जसअनुसार मंसिर २२ गते मंगलवार १ देखि २५ लटसम्मका मोटरसाइकलले पेट्रोल पाउने भएको छ। त्यसैगरेर, मंसिर २४ गते विहीवार २६ देखि ४० लटसम्म र मंसिर २६ गते शनिवार ४१ लटदेखि ५५ लटसम्म र मंसिर २८ गते सोमवार ५६ लटभन्दा माथिका सवै लटका मोटरसाइकललाइृ पेट्रोल दिइने भनिएको छ।Motor Bike 1

प्रति मोटरसाइकल ४ लिटर दिइने पनि निगमले जनाएको छ। प्राइभेट कारको हकमा मोटरसाइकललाई वितरण गरिसकेपछि निर्णय गरिने निगमले भनेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २० गते आइतवार ।