काठमाडौं। मखमली स्वरकी धनी लोकप्रिय गायिका अन्जु पन्तको विवाह भएको छ। क्रिश्चियन परम्परा अनुसार गायिका पन्तको ललितपुरको चर्चमा विवाह भएको हो।

गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग चर्चमा विवाह गरेकी हुन। दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेका थिए । अन्जु र थीर दुवैको यो दोस्रो विवाह हो।
प्रकाशन मिति–२०७७ साल फागुन १४ गते शुक्रवार ।