काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगवाट देशभर भैरहेको छ। मतदाताहरुमा अत्यन्त उत्साह देखिएको छ। यस उत्साहलाई खलल पार्न र मतदाताहरुलाई हतोत्साहित पार्न बम आतंक काठमाडौ उपत्यकामा फैलिएको छ। विहान काठमाडौको क्षेत्र नंबर ९ (ख) प्रदेश पुरानो नैकापमा घरेलु बम विस्फोट गराइएको छ।

भीरको झ्याङ्मा गराइएको बम विस्फोटवाट कसैलाई केही नभएको र मतदातालाई तर्साउने कोशिश मात्र गरिएको स्थानीयको भनाई रहेको छ। त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब क्षेत्र वरपर बम विस्फोट भएको स्थानीय सुमन महतले भनेका छन्।

त्यहाँ पनि त्यस्तो कुनै जनधनको क्षति नभएतापनि स्थानीय जनतामा त्रास उत्पन्न भएको महतको भनाई रहेको छ। उत्साहप्रद तथा ऐतिहासिक निर्वाचलनलाई विथोल्ने यसप्रकारको प्रयासवाट सवै सचेत हुनुपर्ने र मतदान निर्धक्क गर्न नेपाल सरकारले भनेको छ। नेपालका रक्षा मन्त्री भीमसेनदास प्रधानले नेपालको सुरक्षा अत्यन्त कडा गरिएको भनेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।