काठमाडौं। विश्वको बैभवशाली मुलुक अमेरिकाको मेरिल्याण्डमा ख्यातिप्राप्त अभिनेता एवम् लोकप्रिय गायक मदनकृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट वोलको गीत सार्वजनिक भएको छ।

नेपाल वाहिर ३० बर्षअगाडि स्थापित पहिलो नेवाः समुदायको गैरनाफामूलक सामाजिक संस्था नेपाःपासा पुचः अमेरिकाको ३० औं बार्षिक उत्सव तथा नेपाल संवत नयां बर्ष ११४२ को अवसरमा ह्यापी हर्ट वोलको गीतको भिडियो सार्वजनिक भएको हो।

फरक शैली र स्टाइलमा निर्माण भएको ह्यापी हर्टमा मदनकृष्ण श्रेष्ठ र इन्दिरा जोशीको गायनको अलावा मदनकृष्ण सुपुत्र यमन श्रेष्ठ र सुपुत्री सराना श्रेष्ठको समेत गायन रहेको छ।

सरानाको शव्द तथा यमनको संगीत रहेको गीतको भिडियो निर्देशन भने, सरानाले नै गरेकी हुन्। सवैलाई खुशी वनाउन र खुशी दिन नै ह्याप्पी हर्ट वनाएको जानकारी यमनले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल मंसीर ४ गते शनिवार ।