काठमाडौ। दुई दिनदेखिएको लगातार मधेश बन्दको प्रभाव काठमाडौमा पनि देखिएको छ। मधेश बन्दले नियमित रुपमा आपूर्ति हुंदैआएको पेट्रोलियम पदार्थमा हुनसक्ने हाहाकारलाई मध्यनजर राखेर सर्वसाधारण पेट्रोल पम्पहरुमा लाइन लाग्न थालेका छन्।

No Petrol 1

कतिपय पेट्रोल पम्पहरुमा पेट्रोल भर्ने सवारी साधनहरुको लामो लाइन देखिन थालेको छ। कतिपय पेट्रोल पम्पहरुले पेट्रोल तथा डिजल छैन भन्ने बोर्ड राख्न थालेकोले पनि काठमाडौका उपभोक्ताहरुमा त्रास उत्पन्न भएको छ।

नेपाल आयल निगमले भने काठमाडौमा पेट्रोलियम पद्धार्थको पर्याप्त स्टक भएकोले आत्तिनु आवश्यक नभएको जनाएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन २५ गते बुधवार ।