RaJaPa-Press-Meetकाठमाडौ। नेपालको मधेस केन्द्रित मधेसी पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । उम्मेदवारहरुको मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएको छ।

त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने भनेको छ ।आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आइतबार बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए। तर, सरकारले मागहरु पूरा गरेको खण्डमा आफूहरु सहमतिमा आउन तयार रहेको राजपा नेता महतोले संकेत गरेका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २८ गते आइतवार ।