Madhyapur Thimi

काठमाडौ। नेकपा एमालेका तर्फबाट भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकामा मेयरका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ।

आज बैशाख ३१ गते आइतवार बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा भक्तपुरको गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ।

जसले गर्दा आइतवार विहान केहीवेर गठ्ठाघरमा तनाब भएको थियो।
प्रकाशन मिति–२०७४ साल बैशाख ३१ गते आइतवार ।