विलक्षण प्रतिभाका धनी कलाकार रविन्द्र शाहीको २५ बर्षे अनवरत कला यात्रामा सम्मान गर्नुहुंदै प्रसिद्ध कलाकार सुरेन्द्र तुलाधर र स्वतन्त्र संसार महर्जन।
विलक्षण प्रतिभाका धनी कलाकार रविन्द्र शाहीको २५ बर्षे अनवरत कला यात्रामा सम्मान गर्नुहुंदै प्रसिद्ध कलाकार सुरेन्द्र तुलाधर र स्वतन्त्र संसार महर्जन।

मध्यपुर थिमी, भक्तपुर । नेपालका कलाकारहरुको अनवरत यात्राको पच्चीस बर्षको इतिहासमा पहिलो पल्ट आफैले भव्य तथा सभ्य कार्यक्रम भएको छ। कलाकारिताको त्यो अनवरत यात्रामा पहिलो पल्ट यस प्रकारको कार्यक्रम गर्ने विलक्षण प्रतिभाका धनी कलाकार रविन्द्र शाही हुन्।

Rabindra Shahi Progm 2

कलाकार शाहीको प्रतिभाको कदर मध्यपुर थिमीवासीहरुले कार्यक्रममा व्यापक रुपमा गरेको पाइयो। संकिपा समाजका अध्यक्ष सुरेन्द्र तुलाधर,स्थानीय खड्गी सेवा समिति लगायतका विभिन्न संघ–संस्थाहरुले कलाकार शाहीलाई सम्मान सहित नगदवाट समेत अभिनन्दन गरेको थियो।

Rabindra Shahi Progm 5मध्यपुरमा भएको एक कलाकारको २५ बर्षे अनवरत यात्राको भव्य तथा सभ्य कार्यक्रममा आफू उपस्थित बनेर सम्मान गर्न पाउंदा अत्यन्त खुशी लागेको मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मीले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा भनेकी छन्।

Rabindra Shahi Progm 1उपमेयर मधिकर्मी यसप्रकारको कार्यक्रमले कलाकारको प्रतिभाको उचित कदर हुनुको अलावा ठूलो हौसला भएको दावी गरेकी छन्। कार्यक्रममा कलाकार रविन्द्र शाहीका कला यात्राका दुई गुरु रत्नकृष्ण श्रेष्ठ तथा प्रभाकरदेव शर्मालाई जनही नगद ५ हजार ५ सय ५५ रुपैया सहित सम्मान र अभिनन्दन कलाकार शाहीवाट भएको थियो।

दुई दशकदेखि पत्रकारिताको माध्यमवाट कला क्षेत्रमा योगदान दिदैआएका भिजन संसारका समाचार सम्पादक श्याम स्मृतलाई विशेष पत्रकारिता सम्मान
दुई दशकदेखि पत्रकारिताको माध्यमवाट कला क्षेत्रमा योगदान दिदैआएका भिजन संसारका समाचार सम्पादक श्याम स्मृतलाई विशेष पत्रकारिता सम्मान

सोही समारोहमा कलाकार शाहीले दुई दशकदेखि पत्रकारिताको माध्यमवाट कला क्षेत्रमा योगदान दिदैआएका भिजन संसारका समाचार सम्पादक श्याम स्मृतलाई विशेष पत्रकारिता सम्मान सहित नगद पुरस्कार प्रदान गरेका थिए।

यस अवसरमा कलाकार रविन्द्र शाहीले आफ्नो गाउं–ठाउं अनि आफू जन्मेको स्थान मध्यपुर थिमीको पहिचान दिन मध्यपुर थिमीमा नै भव्य म्युजिकल नाइट गरेर इतिहास रच्न सफलता प्राप्त गरेका छन्।

Rabindra Shahi Progm 6चलचित्रको अभिनय, निर्माण तथा निर्देशनको अलावा गायनमा पनि उतिकै खुवी रहेका कलाकार शाहीले नेपाली, नेवार तथा हिन्दी तीन भाषामा गीत गाएर चमत्कार पनि देखाएका थिए। उनीभित्रको विलक्षण प्रतिभालाई प्रदर्शन गर्ने कार्य उनले गरेका थिए। का छन्।

कार्यक्रममा आर बी फिल्मसकी अध्यक्ष राधा श्रेष्ठले कार्यक्रमको महत्व तथा उदेश्यको बारेमा प्रकाश पारेकी थिइन्। कार्यक्रमको सांगीतिक संयोजन एम्स इन्टरटेन्टमेन्टका कार्यकारी निर्देशक स्वतन्त्र संसार महर्जनवाट भएको थियो।

Rabindra Shahi Progm 3प्रकाशन मिति–२०७४ साल असोज ७ गते शनिवार ।